Sunday, December 2, 2007

लौ अजम्मरी संसद हाउसफुलका साथ चल्दैछ ...

ए रात्तै! हाम्रो गाम के उग्र संसद आईलाग्यो गाँठे! पौराणिककालमा चुनिएका एक थरी सांसद छन - अर्का थरी हुकुमी साम्सद छन। अब त बंसानुगत पनि हुने भए अरे भन्ने सुन्छु। सबै मिलेर सिहदरबारको ग्यालरी बैठ्कमा सिनेमा हल खोल्या छ्न। सिनेमा चै एउटै लगाउछन -- चले नी नचलेनी हाउस फुलको साइन झुण्ड्याउँछन। सिनेमामा सबैले भाग पाएका छन। पारीश्रमीक राम्रै छ क्यारे लाग्या छन लाग्या छन।

कार्यक्रमको रुप रेखा सिमा पारीकाले कोर्छन -- बालुबाटारमा नरिबल फोर्छन -- टिके सांसदहरु बालुबाटारे जमातको अघि हात जोर्छन -- जनताको पैसा भत्ता भन्दै सोर्छन त्यै हो।

नारनहिटीमा अचेल बसेका ठेकेदार चमेराको बेपारमा लाग्या छन क्यारे धुनधान चमेरा कराको सुन्छु त्यता-- नयाँ बजारमा सम्बिधान सभाका ठेकेदार छन -- लैनचौरको गद्दीमा नेपालकै ठेकेदार बसेका छ्न। सांसदहरु सिहदरबारमा किन बस्ने हुन? उनीहरुलाई नै थाछैन -- "सिंहदरबारमा भेला होउ ए मोरामोरी हो" भन्ने आकासबाणी भए पछि बिस्वबिजेता हुन कि झै गरी पुग्छन -- आफ्ना मालिकहरुसँग जजस्का कुरा बाझ्छन सबैलाई पर्तिगामी भन्छन। गर्ब गर्छन।

हाहाकार मच्चाउने शस्त्र नै सबै समस्याको हल गर्ने अस्त्र हो भन्ने सोचाई भएकाहरुको मुख्यालय बुद्धनगरमा छ अरे -- ठाम त खोजेकै हो। एमालेका साहुहरु बाझेर अचेल धुनधान छ। सम्बिधान बनायो अनि त्यसै सँग बाझ्ने प्रस्ताब पारीत गर्ने ह्विप जारी गर्ने कामरेडहरु सम्बिधानको दुहाई दिन्छन।

फेरी संसद बस्ने रे? किन बस्ने? कैले सम्म बस्ने यो संसद? बरु बस्ने बस्ने हो भने ठिकै छ -- सम्बिधान सम्सोधन गर्ने बानी बसेकै छ -- एक हात सधैको लागि यही संसदलाई स्थाई गरीएको र कुनै सांसदको ठाम खालि हुन गएमा जुन दलको हो उही दलले आफ्नो ईच्छानुसार मनोनित गर्ने भन्ने घोषणा यसै संसदले गर्दे कसो होला? बेकारमा चुनाब भन्दै पैसा किन खर्च गर्ने?

पर्धानमन्त्री -- अथबा राजा पनि त्यही स्थाई संसदले मनोनित गरोस भै गो। के को संबिधान सभा? जनतालाई आखिर के नै थाह् छ र? धुरन्धर सांसदहरु संसदमा छदैछन। के को पिर? देश चलाउने आखिर बिदेसीले हो। त्यो चुनाब भए पनि नभए पनि चलाई हाल्छन।

अनि दुई अर्ब खर्च गरी गरी पालमा राखेर किन कसैलाई पाल्नु पर्यो? सबैलाई खुला छोडदिए हुन्छ। बरु मैना मर्छ आ-आफ्नो पार्टी कार्यालयमा जानु पारीश्रमिक बुझ्नु भन्दिनु। सबै राजनैतिकदलहरुलाई आ-आफ्ना पार्टिका कार्यकर्ताहरु नामाबली पेस गर्नु भन्नु। सबैलाई भत्ता दिनु। किन एउटा पार्टीका मात्रै साँढे पाल्ने -- पाल्न पाल्न पारे पछि?

बरु संसद अब देखी १२ महिना नै चलाउनु पर्यो दिनको तिन सो। संसद चलेको हेर्ने टिकट लाउने -- त्यै टिकट बाट उठेको पैसा पनि सांसदहरुलाई नै दिने बोनस। अनि पो नया नयाँ कुरा सिकेर सांसदहरुले शो रोमान्चक बनाउँछन त। अब भत्ता मात्रैले त के गर्ने? भत्ता त यसै पनि आकै छ। जनता पनि कति भारतिय सिनेमा र त्यै भारतिय सिनेमाको डाउनग्रेड गर्या नेपालीमा सम्बाद बोल्ने चलचित्र हेर्नु?

सिहदरबारको ढोकामा एउटा स्थाई साईनबोर्ड राखम जस्मा लेखियोस "लौ अजम्मरी संसद हाउसफुलका साथ चल्दैछ ..."

2 comments:

Maverick said...

Coment Check

Maverick said...
This comment has been removed by the author.